काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेकाे छ।
चेन्नाईको घरेलु मैदामा साेमबार राति भएको खेलमा हैदरावाद किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै विजयी भएकाे हाे । याे जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको किङ्ग्सले ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । चेन्नईले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेटाएकाे छ।
हैदरावादका इशान किशनले ७० रन बनाएका हुन् । आईपीएल क्रिकेटको अंक तालिकामा हैदरावाद १३ खेलमा १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । चेन्नई भने १३ खेलमा १२ अंकका साथ तालिकाको छैठाैं स्थानमा रहेकाे हाे ।
साथै आईपीएल क्रिकेटमा मगलबार राति पौने ८ बजेदेखि राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टसबीच प्रतिस्पर्धा हुने भएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया