नेप्से परिसूचक सामान्य अंकले घट्यो, कारोबारमा पनि गिरावट

17 Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले घटेको छ।

चार अंकले घटेको बजारमा कारोबार रकममा उल्लेख्य कमी आएको छ भने कारोबार भएका शेयरको संख्यामा पनि गिरावट देखिएको छ। आज ५६ लाख ४३ हजार कित्ता शेयर २ अर्ब ८० करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन र व्यापार समूह सामान्य अंकले बढे पनि अन्य सबै समूह राताम्मे रहे।

यसदिन एसियन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ११ प्रतिशतले बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ११ प्रतिशतले घटेको छ।

३ सय ३९ कम्पनीको कारोबार भएको बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ७६ कम्पनीको घटेको छ।

आज एस वाई प्यानलको शेयर सबैभन्दा बढी २७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ।