11
Shares
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यले पदबाट राजीनामा दिएका छन् ।
सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरिरहेका बेला उनले करिब पाँच दिनअघि नै नैतिकताको आधारमा राजीनामा दिएको स्रोतले जनाएको छ ।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ठूलो सङ्ख्यामा नियुक्ति हटाउने प्रक्रिया अघि बढाएपछि आचार्यले स्वेच्छिक रूपमा पद त्यागेको बताइएको छ ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार उनले कुनै विवादका कारण नभई बदलिँदो राजनीतिक परिस्थिति बुझेर राजीनामा दिएका हुन् । आचार्यको कार्यशैली भने प्रशंसनीय रहेको र संस्थाका लागि योगदान महत्त्वपूर्ण रहेको ती अधिकारीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया