14
Shares
काठमाडौँ । सुकुम्वासी तथा अव्यवस्थित बस्तीमा पछिल्लो समय सरकारले डोजर चलाएर आवास भत्काइएको विरोधमा शनिवार माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ ।
‘यो देश गरीबको पनि हो’ भन्ने नारासहित श्रम संस्कृति पार्टी बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा, सहभागीहरू वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउनु अमानवीय भएको बताउँदै प्रदर्शनमा उत्रिएका हुन् ।
हालै काठमाडौँसहित विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै प्रदर्शनकारीहरूले आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया