कम्बोडियामा रहेका नेपालीलाई विवरण बुझाउन दूतावासको निर्देशन

16 Shares

काठमाडौं । थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई आइतबार बेलुकासम्म अनिवार्य रूपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

हालसम्म २२१ जनाको मात्र विवरण प्राप्त भएको दूतावासले जनाएको छ । दूतावासले भिसा अवधि सकिएर बसेका नेपालीलाई तत्काल स्वदेश फर्कन पनि अनुरोध गरेको छ ।

साथै, अनलाइन ठगीजस्ता अन्तरदेशीय आपराधिक गतिविधिमा संलग्न भए त्यस्ता कार्य तुरुन्त बन्द गर्न चेतावनी दिएको छ ।
कम्बोडिया पठाउने प्रलोभनमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

प्राप्त विवरणका आधारमा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरिने दूतावासले जनाएको छ ।