प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न नेपाल बारको आकस्मिक बैठक आज

108 Shares

नेपाल बार एशोसिएशन को आकस्मिक बैठक आज शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि यस विषयमा धारणा तय गर्न बैठक बोलाइएको हो।

बारका अध्यक्ष डा. विजय मिश्र का अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीलाई आमन्त्रण गरिएको छ।

उनीहरूले दिएको सुझावका आधारमा नेपाल बार एशोसिएशनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष मिश्रले जानकारी दिनुभएको छ।