धमाधम सामान सार्दै बल्खु क्षेत्रका सुकुमवासी

13 Shares

काठमाडौं । बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले धमाधम सामान हटाउन सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै १८ वैशाख बिहान ७ बजेदेखि काठमाडौं नदी किनाराका सुकुमवासी बस्ती एकै पटक खाली गराउने सूचना निकालेसँगै त्यस क्षेत्रका सुकुमवासीहरूले आज बिहानैदेखि आफैं सामान हटाउन सुरु गरेका हुन् ।

प्रशासनले काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरूका नदी किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौदेखि बसोवास भई आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गराउने जनाएको थियो ।

यस अघि काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहराका बस्ती खाली गराइएको थियो ।