आजको विनिमयदर: अमेरिकी डलर १५० नजिक, कुवेती दिनार सबैभन्दा महँगो

33 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा तोकिएको छ।

अन्य मुद्रातर्फ स्विस फ्र्याङ्क १९१ रुपैयाँभन्दा माथि, अष्ट्रेलियन डलर १०७ रुपैयाँ आसपास, क्यानेडियन डलर करिब ११० रुपैयाँ र सिङ्गापुर डलर ११८ रुपैयाँ नजिक कायम गरिएको छ।

एशियाली मुद्रामा जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन करिब २२ रुपैयाँ, साउदी रियाल ४० रुपैयाँ आसपास र कतारी रियाल ४१ रुपैयाँभन्दा माथि रहेको छ।

यसैगरी, युएई दिराम, थाइ भाट, मलेसियन रिङ्गेट लगायतका मुद्रामा सामान्य उतारचढाव देखिएको छ।

उच्च मूल्य भएका मुद्रामा कुवेती दिनार सबैभन्दा महँगो रहँदै खरिददर ४८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा पुगेको छ। त्यस्तै बहराइन दिनार र ओमानी रियाल पनि उच्च मूल्यमा कायम छन्।

छिमेकी भारतीय मुद्रातर्फ भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूमा दर फरक हुन सक्ने बताएको छ।