विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने

120 Shares

काठमाडाैं । विश्व बैंक ले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले पश्चिम एशियामा जारी द्वन्द्व तथा गत भदौको जेनजी आन्दोलनको प्रभावका कारण नेपालको आर्थिक गतिविधि सुस्त हुने उल्लेख गरेको छ। सार्वजनिक गरिएको पछिल्लो आर्थिक परिदृश्य प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष वृद्धिदर घट्ने देखिएको हो।

गत वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत रहेको थियो। यद्यपि, पुनर्निर्माण कार्य, जलविद्युत क्षेत्रको विस्तार तथा २०८४ सालमा हुने प्रदेश र स्थानीय तहको निर्वाचनसँग जोडिएको खर्चका कारण आर्थिक वर्ष २०८४/८५ मा वृद्धि दर औसत ४ दशमलव ४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिवेदनले सुस्त पर्यटन गतिविधि, उच्च यातायात लागत तथा आपूर्ति शृंखलामा आउन सक्ने अवरोधका कारण चालु आर्थिक वर्षमा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरेको छ।