काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने एकैदिन ७ हजार २ सय रुपैयाँले वृद्धि भएको छ। हाल सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार २५ रुपैयाँ पुगेको छ, जुन प्रतितोला २ सय ५ रुपैयाँले बढी हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दो क्रममा रहेको छ। बुधबार सुन प्रतिऔंस ४ हजार ८ सय ३ अमेरिकी डलर मा कारोबार भइरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया