काठमाडाैं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबार र आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला दुई हजार ६ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार प्रतितोला ४ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ७ सय ८० रूपैयाँमा झरेको छ। यस अनुसार चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सोमबार सुन प्रतिऔंस ४ हजार ६ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया