काठमाडौं । कालिन्चोक हाइड्रोपावर कम्पनी ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो।
जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ ले जनाएको छ। सर्वसाधारणले चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन ASBA सदस्य बैंक तथा वित्तीय संस्था वा MeroShare मार्फत दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले दोलखा जिल्लामा बग्ने साङ्खुखोलाबाट ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ।
यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.३६ वर्ष रहेको छ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले कम्पनीलाई बीबी रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम तर केही कमजोर रहेको संकेत गर्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया