काठमाडौं । नेपाल धितोपत्र बजारको कूल पूँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४५ खर्ब ४३ अर्ब ८१ करोड थियो।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार नेप्से सूचकाङ्क पनि बढेको छ। २०८१ फागुन मसान्तमा २७३६.४९ अंकमा रहेको नेप्से २०८२ फागुनमा २८२०.४५ पुगेको छ।
यद्यपि, बजार पूँजीकरणको जीडीपी अनुपात भने घटेर ७९.५९ प्रतिशतबाट ७७.६९ प्रतिशत पुगेको छ।
२०८२ फागुन मसान्तसम्म सूचीकृत कम्पनीको संख्या २८६ पुगेको छ, जसमा:
बजार पूँजीकरणमा बैंक/वित्तीय संस्था र बीमा कम्पनीको प्रभुत्व रहेको छ (५२.२%), त्यसपछि जलविद्युत् १५.९%, लगानी कम्पनी ७.४%, उत्पादन/प्रशोधन ७.२%, व्यापारिक संस्था ४.४%, होटल ३.१%, अन्य समूह ९.८% रहेको छ।
नेप्सेमा कूल ९ अर्ब २६ करोड कित्ता सेयरको चुक्ता मूल्य ९११ अर्ब ९९ करोड पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा बजारमा ७० अर्ब ४६ करोड बराबरका नयाँ धितोपत्र सूचीकृत भएका छन्।
नेपाल धितोपत्र बोर्डले ३७ अर्ब १ करोड बराबरको नयाँ निष्कासनको अनुमति दिएको छ, जसमा म्युचुअल फण्ड, साधारण सेयर, हकप्रद सेयर, डिबेन्चर र एफपीओ समावेश छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया