134
Shares
काठमाडौं । मुग्लिन–नागढुंगा सडक खण्ड आगामी तीन दिन रातिको समयमा बन्द गरिने भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर लगायतका क्षेत्रमा सडक स्तरोन्नति कार्य गर्न १७ देखि १९ चैतसम्म प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको हो।
सडक आयोजनाका अनुसार पटक–पटक अवरोध हुँदा यात्रुहरूलाई समस्या भइरहेको भन्दै अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई रोक लगाइनेछ। निर्माण कार्य तीव्र गतिमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाइएको छ।
यात्रुहरूलाई वैकल्पिक समय वा मार्ग अपनाउन तथा यात्रा अघि आवश्यक जानकारी लिन आग्रह गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया