सुनको भाउ घट्यो: तोलामा २,५०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तो

150 Shares

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

अघिल्लो दिन सुन २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, पछिल्लो एक सातामा समग्रमा सुनको भाउ करिब ८ हजार रुपैयाँले बढेको देखिन्छ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै चाँदी आज ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुन र चाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ, जसमा अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा आपूर्ति–मागको सन्तुलन मुख्य कारण मानिन्छ।