काठमाडौँ — नेकपा (एमाले)का नेता गोकुल बास्कोटा ले बालेन्द्र शाह नेतृत्वको सरकारको शैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेपाली समाजले प्रतिशोधको राजनीति नस्वीकार्ने बताएका हुन्।
सरकार गठन भएको छोटो समयमै देखिएको राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै बास्कोटाले पाकिस्तान र बंगलादेशको मोडल नेपालमा लागू नहुने दाबी गरेका छन्। उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति अन्ततः राम्रो नहुने उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला। पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाइनली राम्रो हुँदै होइन, जसलाई जे सुकै लागोस्।”
फेसबुकबाट तपाईको प्रतिक्रिया