केपी शर्मा ओली पक्राउ

137 Shares

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिई काठमाडौँ प्रहरी परिसर लगिएको हो।

प्रहरीका अनुसार गत भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

पक्राउपछि ओलीले आफ्नो गिरफ्तारीलाई “प्रतिशोधपूर्ण कदम” भएको बताएका छन्। उनले कानुनी रूपमा प्रतिवाद गर्ने भन्दै आफ्ना कानुन व्यवसायीसँग परामर्श गरेका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।