काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार नेपाली बजारमा सुनको भाउ उल्लेख्य रूपमा घटेको छ । आज सुन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो एक सातामा सुनको भाउ लगातार ओरालो लागेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा हालसम्म आइपुग्दा १३ हजार ५ सय रुपैयाँले घटेको हो ।
यसैगरी चाँदीको भाउ पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला १५० रुपैयाँले घट्दै ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा चाँदी पनि २२५ रुपैयाँले सस्तो भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया