कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बस्ने

170 Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बोलाएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

यसअघि शुक्रबार र आइतबार बसेको बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरिएको थियो।

भोलि बस्ने बैठकमा निर्वाचनको विस्तृत समीक्षा हुने नेताहरूले बताएका छन्। सभापति थापा पनि उक्त बैठकमा सहभागी हुने जनाइएको छ, जुन निर्वाचनपछि उहाँको पहिलो सहभागिता हुनेछ।

यसअघि बसेका बैठकहरू भने उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सञ्चालन भएका थिए।