बझाङ केन्द्रविन्दु बनाएर ४.१ रेक्टरको भूकम्प

122 Shares

काठमाडौं । सुदूरपश्चिमस्थित बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रभित्र पर्ने भएकाले यहाँ बेलाबेलामा साना तथा मध्यम खालका भूकम्प जाने क्रम जारी रहेको छ।