काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन खुला गरिएको छ।
अंकित मूल्य १०० रुपैयाँका दरले कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ४ लाख २९ हजार कित्ता सेयर छुट्याइएको छ। यस चरणपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गर्नेछ।
वैदेशिक रोजगारीमा रहेका आवेदकहरूले आजदेखि चैत १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवश्यक परेमा आवेदन अवधि चैत २३ गतेसम्म लम्बिन सक्ने जनाइएको छ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘बी’ रेटिङ प्रदान गरेको छ। कम्पनीको लगानी फिर्ता अवधि ८.११ वर्ष रहेको छ। गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.८५ रुपैयाँ र प्रतिसेयर आम्दानी ०.७० रुपैयाँ रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया