रवि लामिछानेको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ

146 Shares

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ जारी रहेको छ।

सर्वोच्चको मागअनुसार आइतबार महान्यायाधिवक्ताको कार्यालयले लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल अदालतमा पेश गरेको थियो। सोही फाइलमाथि आज बहस भइरहेको छ।

न्यायाधीश सारंगा सुवेदीसुनिलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।

यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।