युरोपबाट सिधै नेपाल उडान गर्ने योजना: हिमालयन जेट अघि बढ्दै

165 Shares

काठमाडौँ । हालै सम्पन्न निर्वाचनबाट मुलुकमा स्थिर सरकार बन्ने सुनिश्चितता भएसँगै ‘हिमालयन जेट’ का अध्यक्ष दिपेन्द्र गुरुङले त्यसको स्वागत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत प्राप्त गरी स्थिर सरकारको नेतृत्व गर्ने संकेत देखिएपछि नेपाली मूलका बेलायती व्यवसायी गुरुङले खुसी व्यक्त गरेका हुन् ।

अध्यक्ष गुरुङले एक विज्ञप्ति जारी गर्दै राजनीतिक स्थिरतासँगै नेपालमा लगानीका लागि सकारात्मक र उत्साहजनक वातावरण बन्न लागेको बताएका छन् । उनले नेपाललाई विश्वका ठूला सहरहरूसँग सिधा हवाई उडानमार्फत जोड्ने आफ्नो योजना अब द्रुत गतिमा अगाडि बढ्ने विश्वास दिलाएका छन् ।

युरोप र अस्ट्रेलिया सिधा उडानको लक्ष्य

लामो समयदेखि नेपालबाट युरोप र अस्ट्रेलियासम्म सिधा उडान सञ्चालन गर्ने तयारीमा रहेका गुरुङले विभिन्न कारणले रोकिएको प्रक्रिया अब अघि बढ्ने बताएका छन् । “नेपालबाट सिधा उडानमार्फत विश्वलाई जोड्ने हाम्रो लक्ष्यमा अब राजनीतिक स्थिरताले ठूलो बल पुर्‍याउनेछ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

युरोपियन युनियनको प्रतिबन्ध र सास्ती

अध्यक्ष गुरुङले सन् २०१३ देखि नेपाली एयरलाइन्सहरू युरोपियन युनियनको ‘एयर सेफ्टी लिस्ट’ (कालोसूची) मा रहनु दुःखद भएको बताएका छन् । यसका कारण विशेषगरी संयुक्त अधिराज्य (यूके) र युरोपबाट नेपाल आउने यात्रुहरूले १७ घण्टाभन्दा लामो र कष्टकर ट्रान्जिट यात्रा गर्नुपरेको तर्फ उनले ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्, “हिमालहरूको देश र बुद्धको जन्मभूमि नेपालले आफ्नो वास्तविक पर्यटकीय सम्भावनालाई विश्वमाझ पूर्ण रूपमा बाँड्न नपाउनु एउटा तितो वास्तविकता हो । हिमालयन जेटले यो ग्यापलाई कम गरी नेपालको पर्यटन र अर्थतन्त्रमा योगदान पुर्‍याउनेछ ।”

यस्तो छ गुरुङको विज्ञप्तिः

प्रिय हाम्रो प्यारो मातृभूमि नेपालका २ करोड नेपाली दाजुभाई तथा दिदीबहिनीहरू, संसारभरि बसोबास गरिरहेका १ करोड नेपालीहरू, र हाम्रोस्वर्गीय हिमालय देश नेपाललाई “Lifetime Experience…. Holidays in Himalayas को रूपमा अन्वेषण गर्ने आफनो जीवनको (bucket–list) पूरा गर्न लामो समयदेखि प्रतीक्षा गरिरहेका हाम्रा विदेशी मित्रहरू तथा अतिथिहरूलाई, नेपालको हालै सम्पन्न निर्वाचनले राष्ट्रको लोकतान्त्रिक यात्रामा एउटा महत्वपूर्ण माइलस्टोन चिन्हित गरेको छ ।

विशेषगरी युवापुस्ताको बलियो जनसहभागिताले स्थायित्व, पारदर्शिता र भ्रष्टाचारमुक्त सुशासनप्रति नयाँ आशा झल्काएको छ। देशभक्तिपूर्ण हिमालय जेटको तर्फबाट, लामो समयदेखि प्रतिक्षा गरिएको “Brand New Nepal”को लागि निर्वाचित नयाँ नेतृत्वलाई हार्दिक बधाई व्यक्त गर्दछु। जिम्मेवार नेतृत्व र संस्थागत इमान्दारिताका साथ, नेपालसँग अब जनविश्वास पुनःस्थापित गर्ने र पर्यटन तथा आर्थिक सम्भावनालाई खुला गर्ने ऐतिहासिक अवसर छ ।

धेरै वर्षदेखि, नेपालको पर्यटन व्यवसाय, जो राष्ट्रिय आम्दानीका सबैभन्दा महत्वपूर्ण स्रोतहरू मध्ये एक हुन्–अस्थिरता र बारम्बारको विभिन्न चुनौतीहरूको सामना गर्दै आएका छन्। दरबार हत्याकाण्ड जस्ता दुःखद घटनापछि सुरु भएको वषौलामो जनयुद्दले १७,००० भन्दा बढी नेपालीहरूको ज्यान लियो, आफ्ना परिवारजनहरु गुमाउँदा भएका घाउहरू आजसम्म पनि हाम्रो मानसपटलमा ताजा नै छन्। त्यसपछि उत्पन्न भएको राजनीतिक अस्थिरता, २००८ मा राजतन्त्रको अन्त्य, र राज्य संस्थाहरू क्रमश कमजोर बन्दै जानुले यस्तो अवस्था सिर्जना गर्‍यो जहाँ भ्रष्टाचार बढ्दै गयो र सुशासन कायम राख्न गाह्रो हुँदै गयो। यी घटनाहरूले केवल हाम्रो देशको राजनीतिक इतिहासलाई मात्र आकार दिएनन्, लगानीकर्ता, उद्यमीहरू र विश्व पर्यटन समुदायको विश्वासलाई पनि गहिरो रूपमा प्रभावित गर्यो ।

नेपालको हवाई सम्पर्क पनि धेरै वर्षदेखि सीमित नै रह्यो। सन्२०१३ देखि नेपाली एयरलाइन्सहरू युरोपेली संघको Air Safety List मा रहेका छन्, जुन अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (ICAO) को मापदण्डसँग सम्बन्धित सुरक्षा निगरानी बेवास्ताहरूका कारण भएको हो। यस प्रतिबन्धका कारण नेपाली एयरलाइन्सहरूले युरोपतर्फ प्रत्यक्ष उडान सञ्चालन गर्न सकेनन्, जसले गर्दा युरोप र बेलायतबाट आउने यात्रुहरूले बहु–ट्रान्जिटसहित लगभग सत्र घण्टासम्मको थकाइलाग्दो यात्रा गर्नुपर्ने अवस्था सिर्जना भयो। सगरमाथासहित संसारका आठवटा सबैभन्दा अग्ला हिमालहरू अवस्थित रहेको, सातवटा UNESCO विश्व सम्पदा स्थलहरू, भगवान बुद्धको जन्मभूमि, तथा असंख्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूले परिभाषित देश नेपालका लागि यस्ता कठिनाईहरूले लामो समयदेखि हाम्रो मातृभूमिको सुन्दरता र सम्भावनालाई संसारसँग पूर्ण रूपमा बाँड्न नदिएको अवस्था सिर्जना गर्‍यो ।

सन् २०१५ मा नेपाल विनाशकारी भूकम्पबाट प्रभावित भयो, जसले राष्ट्रको सामाजिक र आर्थिक आधारलाई हल्लायो। त्यस कठिन समयमा मैले आफ्ना आमाबुबालाई उपचारका लागि नेपालबाट बेलायत ल्याउनुपर्‍यो । संकटको त्यस्तो घडीमा पनि नेपाल र युरोपबीच प्रत्यक्ष हवाई सम्पर्कको अभाव अत्यन्त पीडादायी रूपमा महसुस भयो। भूकम्पपछि आएको नाकाबन्दीले नेपाली जनताको पीडा र देशको नाजुक अर्थतन्त्रलाई अझ गहिरो बनायो। तर प्रत्यक्ष हवाई सम्पर्कको अभाव मेरो परिवारका लागि अत्यन्त व्यक्तिगत पीडा बन्यो ।

सोही समयमा बेलायतमा मेरी आमाको सफलतापूर्वक कलेजो प्रत्यारोपण भयो, जुन एक प्रकारको चमत्कार जस्तै थियो र उहाँलाई दोस्रो जीवन प्राप्त भयो । सबैभन्दा बढी, मेरा स्वर्गीय हजुरबुबा, प्रताप बहादुर गुरुङ, आफनी पूर्ण जन्म पाएकी छोरिलाई फेरि एकपटक भेट्न आतुर हुनुहुन्थ्यो । उहाँ हाम्रो परिवारको आधारस्तम्भ, मेरो सबैभन्दा ठूलो प्रेरणा, मार्गदर्शक र व्यक्तिगत रूपमा मैले संसारमा सबैभन्दा धेरै आदर गर्ने र आदर्श मान्ने व्यक्ति हुनुहुन्थ्यो । दुर्भाग्यवश, उहाँ वर्षौदेखि गम्भीर मेरुदण्डसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो र केवल flat–bed स्थितिमा मात्र यात्रा गर्न सक्नुहुन्थ्यो। धेरै ट्रान्जिट उडानहरू समेटिएको लामो जटिल यात्रा अत्यन्त जोखिमपूर्ण र अन्ततः असम्भव हुन पुग्यो । उहाँको अन्तिम इच्छा सरल तर गहिरो थियो—पूर्णजीवन जिउने अवसर पाएकी आफनी छोरीलाई अन्तिम पटक भेट्ने ।

मैले सक्दो सबै प्रयास गरें, विभिन्न एयरलाइन्स र उड्यन कम्पनीहरूहरूसँग सम्पर्क गरें र उहाँलाई बेलायत ल्याउन सम्भव हुने सबै उपायहरू खोज्न परामर्श लिए। तर प्रत्यक्ष उडान बिना त्यसलाई सुरक्षित रूपमा सम्भव बनाउने कुनै उपाय थिएन । त्यतिबेला नेपाली दर्ताका एयरलाइन्सहरूलाई सन्२०१३ पछि युरोपेली संघले लगाएको सुरक्षा प्रतिबन्धका कारण बेलायत वा युरोपेली आकाशमा उडान सञ्चालन गर्न अनुमति थिएन। यो प्रतिबन्ध नेपालका उड्यन क्षेत्रमा सुरक्षा निगरानी, सञ्चालन मापदण्ड र पूर्वाधारसम्बन्धी गम्भीर प्रश्नहरू उठाउने घटनाहरू र दुर्घटनाहरूको श्रृंखलापछि लागू गरिएको थियो । वर्षौको अवधिमा धेरै घटनाहरूले अन्तर्राष्ट्रिय ध्यान खिचे—२००९ मा काठमाडौं नजिक भएको Turkish Airlines Flight १९५१ दुर्घटना, २०१८ मा Bangladesh बाट आएको US–Bangla Airlines Flight २११ को दुर्घटना, र २०२३ मा भएको Yeti Airlines Flight ६९१ को विनाशकारी दुर्घटना। त्यो अन्तिम दुर्घटना मेरो लागि अत्यन्त व्यक्तिगत पीडा थियो, किनकि मैले त्यस दुर्घटनामा आफ्नो प्रिय मित्र त्रिभुवन पौडेललाई गुमाएँ । यी दुर्घटनाहरूका साथै सुरक्षा व्यवस्थापन प्रणाली, नियामक क्षमताको कमजोरी, र पूर्वाधारसम्बन्धी चुनौतीहरूका कारण युरोपेली अधिकारीहरूले सबै नेपाली एयरलाइन्सहरूलाई EU Air Safety List मा राखे ।

नेपालको भौगोलिक अवस्था, अग्ला हिमालहरू, अस्थिर मौसम, र छोटा पहाडी धावनमार्गहरूले उड्यनलाई स्वभावत जटिल बनाइरहेको भए पनि, संस्थागत र सुरक्षा चुनौतीहरूले अन्तर्राष्ट्रिय विश्वासलाई अझ कमजोर बनाए। परिणामस्वरूप नेपाली एयरलाइन्सहरू युरोपेली आकाशमा उड्नबाट रोकिए, जसले नेपाल र बेलायतबीच प्रत्यक्ष सम्पर्कका लागि ठूलो अवरोध सिर्जना गर्‍यो । हामीले नेपालबाट भारतसम्म विमान चार्टर गरेर त्यहाँबाट बेलायत जाने सम्भावनासमेत खोज्यौं, तर बहु–ट्रान्जिट प्रक्रियाहरू boarding, de–boarding, र medical transfer ले मेरो हजुरबुबाको स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण हुने देखियो। बेलायतबाट नेपालसम्म पूर्ण चार्टर विमानको विकल्प पनि विचार गरियो, तर त्यसको जटिलता र अत्यधिक लागतका कारण त्यो सम्भव हुन सकेन। अन्ततः प्रत्यक्ष हवाई सम्पर्कको अभावले उहाँको अन्तिम इच्छा पूरा गर्न असम्भव बनायो ।

छोरा र नातिको रूपमा मैले आफू असफल भएको महसुस गरें। सन्२०२१ मा उहाँको निधन भयो, र उहाँको त्यो अन्तिम इच्छा अधुरै रह्यो। त्यो क्षणले मेरो संकल्पलाई अझ बलियो बनायो—नेपाल कहिल्यै पनि संसारबाट यति टाढा र विच्छिन्न रहनु हुँदैन। धेरै रात म सुत्न सकिनँ, किनकि उहाँलाई बेलायत ल्याउने आफ्नो वाचा पूरा गर्न नसकेको गहिरो असहायता र पीडाले मलाई सताइरह्यो। यदि नेपालसँग बलियो अन्तर्राष्ट्रिय हवाई सम्पर्क भएको भए परिस्थिति फरक हुन सक्थ्यो भन्ने पीडाले मलाई निरन्तर पछ्याइरह्यो ।

दशकौदेखि हाम्रो परिवार र हाम्रा साझेदारहरू नेपालको उड्यन क्षेत्रसँग नजिकबाट जोडिएका छन्। हामीले fixed–wing र rotary दुवै प्रकारका उड्यन कम्पनीहरूमा लगानी गरेका छौ, जसले नेपालको दुर्गम भौगोलिक अवस्थाबीच घरेलु पर्यटन र सम्पर्क विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। यी लगानीहरूले हिमालयदेखि देशका सांस्कृतिक केन्द्रहरूसम्म यात्रुहरूलाई पुग्न सम्भव बनाउँदै नेपालको पर्यटनको आधारशिला निर्माण गर्न सहयोग गरे। यिनै अनुभवहरूबाट हामीले नेपालको उड्यन बजारको गहिरो समझ र हवाई यातायातले मानिस, समुदाय र अवसरहरूलाई जोड्ने महत्वपूर्ण भूमिकाको अनुभव प्राप्त गर्‍यौँ । तर समयसँगै अर्को वास्तविकता पनि देखापर्‍यो । संरचनागत चुनौतीहरू, सुशासनसम्बन्धी समस्याहरू, र सीमित आर्थिक अवसरहरूका कारण धेरै नेपालीहरू विदेशतर्फ अवसर खोज्न बाध्य भए। आज लाखौनेपालीहरू विश्वभरि बसोबास र काम गरिरहेका छन्। यसले एक सशक्त र दृढ नेपाली डायस्पोरा निर्माण गरेको छ, तर यसले नेपाल र विश्वका शहरहरूबीच बलियो हवाई सम्पर्कको आवश्यकता पनि झनै बढाएको छ ।

यही परिवर्तनलाई हामीले चुनौती मात्र होइन, विश्वभर रहेका नेपालीहरूलाई सेवा दिने, परिवारहरूसंग पुनःजोड्ने, र संस्कृति तथा समुदायलाई उड्यनमार्फत जोड्ने अवसर पनि देख्यौं,। उड्यन क्षेत्रमा लामो अनुभवका कारण हामी बजारको सम्भावना र सीमितताहरू दुवै बुझेउ । यही बुझाई, व्यक्तिगत अनुभव र जिम्मेवारीले नेपाललाई विश्वसँग जोड्ने दीर्घदूरी उडान बजारमा प्रवेश गर्ने हाम्रो दृष्टिलाई जन्म दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री Prem Ale को कार्यकालमा, तत्कालिन भारतका नागरिक उड्यन मन्त्री तथा भारतीय सरकारका सबैभन्दा प्रभावशाली मन्त्रीहरूमध्ये Jyotiraditya Scindia (जुन भारतको गुजरातस्थित गायकवाड राजवंशीय परम्परासँग सम्बन्धित उहाँको विस्तारित परिवार र नेपालमा हाम्रो तीन पुस्तादेखिको लविद्युत्साझेदार पनि रहेको छ) सँग विभिन्न छलफलहरू अघि बढाइएका थिए । यी छलफलहरूले कोभिड–१९ को समयमा लागू गरिएको भारत–नेपाल उड्यन एयर–बबल प्रतिबन्ध हटाउन सहयोग पु¥याउने प्रयासहरूमा योगदान दिएका थिए, जसले दुई देशबीचको सञ्चालनगत हवाई सम्पर्कलाई पुनः सुदृढ बनाउन मद्दत गर्‍यो ।

एयर–बबल संरचनाले एयरलाइन्स तथा यात्रु दुवैका लागि महत्वपूर्ण सञ्चालनगत चुनौतीहरू सिर्जना गरेको थियो जुन उड्यन उद्योगभित्र व्यापक रूपमा
बुझिएका विषयहरू हुन् र यसको हटाइने प्रक्रिया मेरो निरन्तर व्यक्तिगत प्रयासपछि सम्भव भएको थियो, जसलाई नेपालका विभिन्न सञ्चारमाध्यमहरूले पनि मान्यता दिएका थिए ।

यसैसँगै, IBA Group (IBA Aero) सँग उड्यनसम्बन्धी परामर्शात्मक संलग्नता सुरु गरिएको थियो, जहाँ साझेदारहरू गुलजार र फैसलले प्रारम्भिक छलफलहरू तथा लबिङ प्रयासहरूलाई समर्थन गर्दै नेपालले भविष्यमा EU Air Safety List सम्बन्धी प्रतिबन्धहरू सम्बोधन गर्ने र हटाउनेसम्भावित मार्गहरू खोज्ने प्रयासहरू अघि बढाए । यी पहलहरू स्वतन्त्र संलग्नता, व्यक्तिगत प्रतिबद्धता र नेपालको उड्यन भविष्यप्रतिको गहिरो विश्वासका आधारमा अघि बढाइएका थिए ।

हाम्रा विश्वस्तरीय नियुक्त अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाहरू जसमध्ये KPMG, ACC Aviation, Boeing तथा Airbus परामर्श फोरमहरू र IBA Aero का अनुसार राजनीतिक अस्थिरता, प्रशासनिक अक्षमता र भ्रष्टाचारका कारण नेपाललाई अव्यवहारिक लगानी गन्तव्यका रूपमा हेरिएको छ । दुर्भाग्यवश, नेपाल लगानी सम्मेलन २०२४ को परिणामले पनि यी चिन्ताहरूलाई थप बलियो बनायो, किनकि सरकारी घोषणाहरू र लगानी अवसरहरूको प्रस्तुतीकरण भए पनि सम्मेलनले महत्वपूर्ण विदेशी लगानी प्रतिबद्धता आकर्षित गर्न सकेन । तर मैले त्यो धारणा कहिल्यै स्वीकार गरिन । म सधैं विश्वस्त थिए कि नेपालको अद्वितीय हिमालय पहिचान, असाधारण प्राकृतिक सौन्दर्य, र शक्तिशाली विश्वव्यापी नेपाली डायस्पोरा विश्व पर्यटनका लागि दीर्घकालीन रूपमा सबैभन्दा उल्लेखनीय अवसरहरूमध्ये एक हुन् ।

यस विश्वासले मलाई ३ मार्च १९९४ मा हस्ताक्षर गरिएको ऐतिहासिक नेपाल–बेलायत द्विपक्षीय हवाई सेवा सम्झौता (BASA)को पनि सम्झना गरायो, जुन मूलतः मेरा बुबाको प्रयासबाट प्रारम्भ गरिएको थियो। त्यो विरासत आज पनि बेलायतको यातायात क्षेत्रका वरिष्ठ अधिकारीहरूसँग हुने छलफलहरूमा मान्यता प्राप्त गरिरहेको छ, जसमा Department for Transport का पूर्व Director General Rannia Leontaridi, पूर्व Secretary of State for Transport Mark Harper, पूर्व प्रधानमन्त्री Rishi Sunak, तथा पूर्व Aviation Minister Robert Courts समावेश छन् ।

नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्ध ब्रिटिश राजपरिवारका सदस्यहरूले नेपालमा रहेको मेरा बुबाको जन्मस्थलको भ्रमण गर्दा पनि झल्किन्छ, जुन भ्रमणमा उहाँहरू हाम्रो पुख्र्यौली घरमा बस्नु भएको थिए । यसले दुई राष्ट्रबीचको गहिरो ऐतिहासिक सम्बन्धको सम्झना झाल्कौछ। यी संवादहरू नेपाल सरकारका तत्कालीन प्रतिनिधि तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री Prem Ale र नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशकको उपस्थितिमा सम्पन्न भएका थिए, जसले नेपालको उड्यन भविष्य विगतका चुनौतीहरूभन्दा माथि उठ्न सक्छ र हाम्रो गौरवशाली हिमालयन राष्ट्रलाई पुनः विश्वसँग जोड्न सक्छ भन्ने साझा विश्वासलाई प्रतिबिम्बित गरेको थियो ।

“Historic Direct Flights Connecting Motherland Nepal Heartily from the UK, Europe & Australia” भन्ने दृष्टिकोण तथा सुधारिएको वैश्विक हवाई सम्पर्कको योजना सन्२०१६ मै अन्तर्राष्ट्रिय संस्थाहरूसँगको दीर्घकालीन अध्ययन र परामर्शपछि सुरु गरिएको थियो। यसको कार्यान्वयन प्रारम्भिक रूपमा २७ सेप्टेम्बर २०२३, विश्व पर्यटन दिवसका दिनका लागि तोकिएको थियो। पहिलो चरण मातृभूमि नेपाललाई विश्वभर रहेका नेपाली डायस्पोरा तथा अन्तर्राष्ट्रिय यात्रुहरूसँग पुनः जोड्ने देशभक्तिपूर्ण उडानहरूमा केन्द्रित थियो, जसले अन्तर्राष्ट्रिय उड्यन क्षेत्रमा नेपालको उपस्थिति पुनर्स्थापित गर्ने र हाम्रो राष्ट्रिय पर्यटन उद्योगमा गर्व पुनःआत्मा विश्वास भर्ने लक्ष्य राखेको थियो ।

यी देशभक्तिपूर्ण उडानहरू अझ ठूलो दृष्टिकोणतर्फको पहिलो कदमका रूपमा निर्माण गरिएका थिए र भविष्यमा नेपाललाई उड्यन तथा लक्जरी आतिथ्य क्षेत्रमा विस्तार गर्ने लक्ष्यसहित। आगामी वर्षहरूतर्फ हेर्दा, सन्२०२७–२०२८ तिर / Monte Carlo, Macau, Las Vegas, तथा Los Angeles जस्ता गन्तव्यहरूलाई जोड्ने अल्ट्रा–लक्जरी पर्यटन मार्गहरूको सम्भावित विकाससमेत यस दृष्टिकोणमा समावेश छ, जसरी नेपालको पर्यटन पूर्वाधार र उच्चस्तरीय आतिथ्य क्षेत्र निरन्तर विकास हुँदै जानेछ।

तर राजनीतिक अस्थिरता, प्रशासनिक अवरोधहरू र संस्थागत प्रणालीभित्र जरा गाडेको भ्रष्टाचारका कारण प्रगति बारम्बार सुस्त बन्यो। सन्२०२४ मा गरिएको पुनः प्रयासले पनि यस्तै चुनौतीहरू सामना ग¥यो, जसले नेपाललाई लामो समयदेखि प्रभावित पार्दै आएका गहिरा सुशासनसम्बन्धी समस्याहरू झल्कायो। फेब्रुअरी २०२५ मा मेरा बुबा बेलायतमा जीवनको लडाई लड्दै अस्पतालमा भर्ना भएको समयमा यस पहलको प्रगति ढिला भयो। नेपालमा लामो समयदेखि संचित निराशाहरू अन्ततः सेप्टेम्बर २०२५ को gen-z आन्दोलनमा रूपान्तरित भए, जहाँ देशभरिका युवाहरूले पारदर्शिता, उत्तरदायित्व र राष्ट्रको उज्ज्वल भविष्यका लागि साहसपूर्वक आवाज उठाए। यद्यपि आन्दोलन र त्यसपछि जारी भएका यात्रा परामर्शहरूले यस पहलको प्रगति अस्थायी रूपमा ढिलाइ गराए, यसले आशाजनक मोड पनि प्रतिनिधित्व
गर्‍यो ।

आज, सन् २०२६ मा, नयाँ राजनीतिक स्थिरता र सहयोगी वातावरणका साथ हामी अगाडि बढ्न तयार छौ। “Holidays in Himalayas” भन्ने दृष्टिकोणबाट निर्देशित हुँदै, Himalaya Jet ले बेलायत, युरोप र अष्ट्रेलियाभर रहेका यात्रुहरू तथा नेपाली डायस्पोरालाई मातृभूमि नेपालसँग पुनःजोड्ने ऐतिहासिक प्रत्यक्ष दीर्घदूरी उडानहरू सुरु गर्ने लक्ष्य राखेको छ ।

लण्डन, पेरिस, फ्रान्कफर्ट, म्याड्रिड, लिस्बन, सिड्नी, मेलबर्न र पर्थसँग नेपाल लाई जोड्ने दीर्घदूरी हवाई सम्पर्कमार्फत Himalaya Jet ले वार्षिक रूपमा करिब १० लाख यात्रु ल्याउन सक्नेछ, जसमा ५ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक समावेश हुनेछन्, जसले विदेशी पर्यटक आगमनमा लगभग ४०–४५% वृद्धि प्रतिनिधित्व गर्नेछ । प्रत्यक्ष हवाई सम्पर्कका कारण यात्रा समय उल्लेखनीय रूपमा घटेर लण्डन–काठमाडौंबीच करिब ९ घण्टा ४५ मिनेट र प्रमुख युरोपेली शहरहरूबाट काठमाडौंसम्म करिब ८ घण्टा ४५ मिनेटमा सीमित हुनेछ, जसले हिमालय राष्ट्र को पहुँचलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।

यसको आर्थिक प्रभाव रूपान्तरणकारी हुन सक्छ । धेरै वर्षदेखि नेपालको विकास अध्ययन गरिरहेका विश्वस्तरीय परामर्शदाता संस्थाहरूको विश्लेषणअनुसार, होटल तथा रिसोर्ट लगानी, ट्रेकिङ तथा साहसिक पर्यटन, उड्यन तथा विमानस्थल विकास, आतिथ्य सेवा, हस्तकला, खुद्रा व्यापार, ग्रामीण पर्यटन र एयर–कार्गो सम्पर्क जस्ता क्षेत्रहरू समेटिएको व्यापक पर्यटन तथा उड्यन पारिस्थितिले नेपालको GDP को करिब २५–३०% सम्म योगदान पुर्‍याउन सक्छ ।

यस पहलले नेपालभित्र र विश्वभर रहेका नेपालीहरूका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ, जसले जीवनयापन र क्षेत्रीय विकासलाई सुदृढ बनाउनेछ । विश्वभर रहेका नेपाली समुदायप्रतिको हाम्रो प्रतिबद्धता अन्तर्गत, Himalaya Jet ले FNPL (Fly Now, Pay Later) टिकटिङ विकल्प पनि सुरु गर्ने योजना बनाएको छ, जसले नेपाली डायस्पोरालाई आफ्नो मातृभूमिसँग सम्मान र सहजताका साथ जोडिरहन मद्दत गर्नेछ ।

यस वैश्विक पहलसँगै, हामी सम्मानपूर्वक नयाँ सरकारलाई “Visit Nepal 2028” राष्ट्रिय पर्यटन अभियान सुरु गर्न प्रस्ताव गर्दछौ । यस पहलले नेपालको समृद्ध संस्कृति, सम्पदा र हिमालयन पहिचानलाई विश्वसमक्ष प्रस्तुत गर्नेछ। यस ऐतिहासिक क्षणमा, म विश्वभर रहेका सम्पूर्ण नेपाली डायस्पोरालाई हाम्रो सुन्दर हिमालयन देश भ्रमण गर्न आफ्ना अन्तर्राष्ट्रिय मित्रहरू, सहकर्मीहरू र समुदायहरूलाई आमन्त्रित गर्दै यस अभियानलाई समर्थन गर्न हार्दिक आह्वान गर्दछु ।

जिम्मेवार हवाई सम्पर्कमार्फत, Himalaya Jet ले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDG8, SDG9, SDG12, SDG13 र SDG17) लाई समर्थन गर्दछ, जसले नयाँ अध्यायको सुरुवात गर्छ जहाँ विश्वको ध्यान पुनः हिमालयतर्फ केन्द्रित हुनेछ र देशभक्तिपूर्ण Himalaya Jet नेपालको पर्यटन, उड्यन सम्पर्क र राष्ट्रिय समृद्धिका लागि एक सच्चा Game Changer बन्नेछ ।

भवदीय,
देशभक्त दिपेन्द्र गुरुङ MIoD
अध्यक्ष
Himalaya Jet (Worldwide)