समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण

134 Shares

काठमाडाैं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधारसगुन शमशेर जबरा ले प्रमाणपत्र प्रदान गरेका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट, नेपाली कांग्रेस ले २० सिट, नेकपा एमाले ले १६ सिट, नेपाल कम्युनिष्ट पार्टी ले ९ सिट तथा श्रमसंस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी ले चार/चार सिट जितेका थिए ।

प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना सांसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिसकिएको थियो ।