काठमडाैं । निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र दिने भएको छ।
आयोगका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रम आयोगको कान्तिपथस्थित प्राङ्गणमा हुनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन् भने प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूले यसअघि नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया