काठमाडाैं । नेपाल राष्ट्र बैंक ले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
निर्धारित दर अनुसार अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा कायम गरिएको छ।
यस्तै, युरो १ को खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा तथा स्विस फ्र्याङ्क १ को खरिददर १८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३१ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ४२ पैसा र बिक्रीदर २१ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै, साउदी रियाल १ को खरिददर ३९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा तथा कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४० रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, यूएई दिराम १ को खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा तथा मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८० पैसा तोकिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५ रुपैयाँ १५ रुपैयाँ ९० पैसा तथा डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
त्यस्तै, हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ७२ पैसा तथा बहराइन दिनार १ को खरिददर ३९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २७ पैसा रहेको छ।
ओमानी रियाल १ को खरिददर ३८३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने पनि जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया