काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
बुधबार बिहान कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने कोशी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश का पहाडी-हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
यसैबीच, कोशी प्रदेशका केही पहाडी र हिमाली स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभरका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका पहाडी-हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया