शोकाकुल केपी शर्मा ओलीलाई उपराष्ट्रपतिको समवेदना

136 Shares

काठमाडाैं । रामसहायप्रसाद यादवले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन्।

उपराष्ट्रपति यादवले अध्यक्ष ओलीलाई भेटी उहाँका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा परेको अपूरणीय क्षतिप्रति उपराष्ट्रपतिले गहिरो सहानुभूति व्यक्त गरेका छन्।