144
Shares
काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ सय रुपैयाँले बढेको सुन मंगलबार थप ४ सय रुपैयाँले वृद्धि भएको हो। मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबार प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ। यसअनुसार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ५ हजार ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया