विश्वकप प्लेअफ खेल्न इराकको टोली निजी विमानमार्फत मेक्सिको जाने

149 Shares

काठमाडौं । इराक को फुटबल टोली फिफा विश्वकप प्लेअफ खेल्न निजी विमानमार्फत मेक्सिको जाने भएको छ।

संयुक्त राज्य अमेरिकाइजरायलइरान बीचको युद्धका कारण इटालीका प्रशिक्षक ग्राहम अर्नाेल्ड ले खेल स्थगित गर्न आह्वान गरेका थिए। तर इराकी फुटबल संघ का अध्यक्ष अदनान दिरजाल ले विश्वकप प्लेअफका लागि आफ्नो टोली निजी विमानमार्फत मेक्सिको जाने बताएका छन्।

इराकले विश्वकप प्लेअफमा यही मार्च ३१ मा बोलिभियासुरिनाम सँग खेल्ने तालिका रहेको छ। अन्तरमहादेशीय प्लेअफको विजेताले फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछ।

४८ टोली सहभागी विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म संयुक्त राज्य अमेरिका, मेक्सिकोक्यानाडा मा आयोजना हुने भएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू भएपछि मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र बन्द गरिएको छ।