काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ।
गत शुक्रबार प्रतितोला २ हजार ८ रुपैयाँले घटेको सुनको मूल्य आइतबार थप ४ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने चाँदी प्रतितोला ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा प्रतितोला २ सय २५ रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ५ हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया