काठमाडौं ।
नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला दुई हजार रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार थप दुई हजार आठ सय रुपैयाँले घटेको हो। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला पाँच हजार चार सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। यो बिहीबारको तुलनामा प्रतितोला २० रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस पाँच हजार एक सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।






फेसबुकबाट तपाईको प्रतिक्रिया