नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

123 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला दुई हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि बिहीबार घटेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार सात सय २० रुपैयाँमा कारोबार भएको थियो। तर बिहीबार चाँदी प्रतितोला पाँच हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला दुई सय पाँच रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने बिहीबार सुन प्रतिऔंस पाँच हजार एक सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।