71
Shares
काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
दशरथ रङ्गशालामा सोमबार राति भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले हराएको हो। आर्मीका निराजन धामीले दुई गोल गर्दा पेम्बो दोर्जे लामा र किरण सुनारले एक–एक गोल गरेका थिए। पुलिसका लागि दशरथ गिरीले सान्त्वना गोल गरेका हुन्।
यो जितसँगै आर्मी ९ खेलबाट २० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पुलिस भने ९ खेलमा ८ अंकसहित तालिकाको १२औं स्थानमा रहेको छ।
राष्ट्रिय लिगअन्तर्गत सोमबारै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेको छ। यस्तै, नेपाल एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया