बालेन शाहले झापा–५ मा चुनाव जित्न गरेका थिए १४ लाख १७ हजार खर्च

12 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहले प्रतिनिधि सभा निर्वाचनमा आफूले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् ।

शाहले निर्वाचनका क्रममा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । उनले उक्त खर्च विवरण निर्वाचन आयोगको कार्यालयमा दर्ता गराइसकेको बताएका छन् ।

बालेनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गर्दै झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका थिए । बालेन अब प्रधानमन्त्री बन्ने सम्भावना छ ।