सुन प्रतितोला ३ हजार ५ सयले बढ्यो, चाँदी ३० रुपैयाँले वृद्धि

59 Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको भाउ ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ प्रतितोला पुगेको थियो।

त्यस्तै आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ४७५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ५ हजार ४४५ रुपैयाँ भन्दा ३० रुपैयाँले बढी हो।

महासंघले सार्वजनिक विदाका बाबजुद पनि आइतबार सुन–चाँदीको भाउ तोकेको जनाएको छ।