नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

68 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँले थप बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार चाँदी प्रतितोला ६ हजार २० रूपैयाँमा कारोबार भइरहेको थियो भने मंगलबार प्रतितोला पाँच हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यो मूल्य सोमबारको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार ३ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।