काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबार बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो।
राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकमार्फत भुक्तानी व्यवस्था तथा राजस्व दाखिला गर्ने कार्य सुचारु राख्न निर्देशन दिएको छ।
त्यस्तै, निर्वाचन प्रचारप्रसारका लागि सञ्चालन भएका बैंक खातासम्बन्धी सेवाहरू पनि अवरोध नहुने गरी व्यवस्थापन गर्न भनिएको छ। बैंक तथा वित्तीय संस्थाले राजनीतिक दल तथा उम्मेदवारका नगद, चेक तथा अन्य विनिमय साधनहरूको दाखिला–भुक्तानी लगायतका बैंकिङ सेवा नियमित रूपमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया