काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ।
नेप्से २६५४.९३ अंकमा सुरु भई १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले उकालो लागेको छ। ३ सय ४१ कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको, ६४ कम्पनीको मूल्य घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सबै समूहगत परिसूचकमा बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत्, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा, व्यापार समूह र अन्य सबैको उकालो देखिएको छ।
आइतबार कुल ५५,२०६ कारोबारबाट १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साता बिहीबारको तुलनामा बढी हो।







फेसबुकबाट तपाईको प्रतिक्रिया