172
Shares
काठमाडाैं । आइतबार सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ ले आइतबारका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको भाउ ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम छ। मध्यपूर्वमा देखिएको तनावका कारण आइतबारपछि सुनको भाउ थप बढ्ने अनुमान गरिएको छ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आइतबार चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको भाउ ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया