काठमाडौं । नेपाल राष्ट्र बैंक ले आइतबार विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.८७ रुपैयाँ तोकिएको छ।
युरोको खरिददर १७१.४७ रुपैयाँ र बिक्रीदर १७२.१८ रुपैयाँ, युके पाउण्डको खरिददर १९५.८२ रुपैयाँ र बिक्रीदर १९६.६३ रुपैयाँ, स्वीस फ्र्याङ्कको खरिददर १८८.०६ रुपैयाँ र बिक्रीदर १८८.८४ रुपैयाँ कायम गरिएको छ।
अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर लगायत अन्य प्रमुख मुद्राहरूका पनि विनिमयदर सार्वजनिक गरिएको छ। जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरका विनिमयदर समेत तोकिएका छन्।
त्यस्तै, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाल र भारतीय रुपैयाँको विनिमयदर पनि निर्धारित गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर कुनै पनि समयमा संशोधन गर्न सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया