काठमाडौं । गगनकुमार थापाले आफ्नो पार्टीले सरकार गठन गरेमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले पूर्वप्रधानमन्त्री देउवा तथा आफू मन्त्री भइसकेको हैसियतले आफ्नो सम्पत्तिसमेत छानविन गर्न तयार रहेको बताउनुभयो। उहाँले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न शक्तिशाली छानविन आयोग गठन गर्ने र भविष्यमा कसैले पनि भ्रष्टाचार गर्न नसक्ने वातावरण निर्माण गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गर्नुभयो।
सभापति थापाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योगलगायतका क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रूपान्तरण ल्याउने गरी योजना तयार गरिएको दाबी गर्नुभयो। कांग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकको समग्र विकासका विषयमा गहन छलफल र तयारी गरिसकेको पनि उहाँको भनाइ थियो।
उहाँले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया