सुशीला कार्कीसँग पाकिस्तानी राजदूत अबरार एच हासमीको शिष्टाचार भेट

178 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हासमीले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनर्स्थापित भएको र आगामी निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन लागेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।

भेटपछि दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई अझ सुदृढ र उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।