निर्वाचन आयोग: ३४०६ उम्मेदवारमध्ये १६७० जनाले मात्र बैंक खाता खोले

166 Shares

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेको जनाएको छ।

त्यसैगरी निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ वटाले मात्र बैंक खाता खोलेका छन्। हालसम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टीराष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।

आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले प्राप्त गर्ने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, निर्वाचन कानूनले तोकेको खर्च सीमाको पालना सुनिश्चित गर्न तथा प्रभावकारी निगरानी गर्न बैंक खाता खोल्ने व्यवस्था गरिएको हो।