काठमाडौं । युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको ब्रान्ड Dove ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि सहयोग गरेको छ ।
डोभले साम्बाको उपचार तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ नगद सहयोग गरेको जनाएको छ । उक्त सहयोगले गम्भीर घुँडाको चोटपछि उपचार र पुनरागमनको तयारीमा रहेकी साम्बाको यात्रामा साथ र प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्ने कम्पनीले उल्लेख गरेको छ ।
कप्तान साम्बा हाल स्वास्थ्य सुधार प्रक्रियामा रहेकी छन् । उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै डोभले आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
डोभका अनुसार नेपाली फुटबलकी प्रेरणादायी खेलाडीमध्ये एक साम्बाको समर्पण, संघर्षशीलता र उपलब्धिले देशभित्र मात्र होइन, विदेशका दर्शकहरूलाई पनि प्रेरित गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया