टी–२० विश्वकपबाट श्रीलंका बाहिरियो, न्युजिल्यान्डको सेमिफाइनल सम्भावना जीवित

173 Shares

काठमाडाैं । ICC Men's T20 World Cup अन्तर्गत ‘सुपर–८’ चरणबाट घरेलु टोली श्रीलंका बाहिरिएको छ ।

कोलम्बोस्थित R. Premadasa Stadium मा बुधबार राति भएको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रत्नायकेले १० रन जोडे ।

सन् २०१४ मा टी–२० विश्वकप जितेपछि श्रीलंका हालसम्म सेमिफाइनल पुग्न सकेको छैन ।

पहिलो जित निकालेको न्युजिल्यान्ड ३ अंकसहित समूह–२ को दोस्रो स्थानमा छ । न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना अझै कायम रहेको छ । दुवै खेल जितेर ४ अंक जोडेको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । अब न्युजिल्यान्डले अन्तिम खेल शुक्रबार इङ्ग्ल्यान्डसँग खेल्नेछ । उक्त खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ ।

यदि न्युजिल्यान्ड पराजित भए पनि अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएमा नेट रनरेटका आधारमा न्युजिल्यान्डलाई अवसर रहनेछ ।

विश्वकपअन्तर्गत बिहीबार पहिलो खेल दिउँसो सवा ३ बजे वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच भारतको अहमदाबादमा हुनेछ । त्यस्तै दोस्रो खेल बेलुकी सवा ७ बजे भारत र जिम्बाब्वेबीच चेन्नईमा हुनेछ । ‘सुपर–८’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुनेछ ।