काठमाडाैं । बाँके जिल्लामा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी (HPV) खोप लगाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी का अनुसार यस वर्ष आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य राखिएकामा ९२ प्रतिशतले खोप पाएका छन्।
खोप वितरण विवरण
-
कोहलपुर नगरपालिका – १,७०० किशोरी
-
खजुरा गाउँपालिका – १,००० किशोरी
-
जानकी गाउँपालिका – ६७० किशोरी
-
नरैनापुर गाउँपालिका – ७३१ किशोरी
-
बैजनाथ गाउँपालिका – ८८१ किशोरी
-
राप्तीसोनारी गाउँपालिका – ५८० किशोरी
-
नेपालगञ्ज उपमहानगरपालिका – १,९०९ किशोरी
-
डडुवा गाउँपालिका – ४२६ किशोरी
सबैभन्दा बढी खोप नेपालगञ्ज उपमहानगरपालिकामा र सबैभन्दा कम डडुवा गाउँपालिकामा लगाइएको छ।
लक्षित समूह
-
विद्यालय जाने ६,५३१ किशोरी
-
विद्यालय नजाने २,०५३ किशोरी
-
कक्षा ६ मा अध्ययन गर्ने छात्रा, ११–१४ वर्ष उमेरका किशोरी
-
गत वर्ष छुटेका लक्षित समूहका किशोरी
खोपको महत्व
जनस्वास्थ्य अधिकृत गिरीका अनुसार एचपिभी खोपले प्रजाति १६ र १८ का कारण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने भएकाले यो सुरक्षित र प्रभावकारी छ। नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार महिलाको मृत्यु हुने तथ्याङ्क छ।





फेसबुकबाट तपाईको प्रतिक्रिया