कप्तान सावित्रा भण्डारी (साम्बा) लाई १० लाख उपचार सहयोग घोषणा

147 Shares

काठमाडाैं । विश्वप्रसिद्ध ब्रान्ड Red Bull नेपालमै उत्पादन गर्दै आएको सरस बेभरेज ले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचार सहयोगस्वरूप १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपाली खेलकुद तथा खेलाडीहरूको विकास र प्रोत्साहनमा संस्था सदैव प्रतिबद्ध रहेको बताउनुभयो। संस्थाद्वारा जारी विज्ञप्तिमा साम्बा केवल नेपालको गर्व मात्र नभई नेपाललाई विश्वसामु चिनाउने प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “साम्बाले नेपाली महिला फुटबलको आत्मा, ऊर्जा र संघर्षको प्रतिनिधित्व गर्दै आएकी छिन्। उहाँले नेपाल मात्र होइन, विश्वभरका धेरैलाई प्रेरित गर्नुभएको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुनः मैदानमा फर्केर नेपाली फुटबलको स्पिरिटलाई अझ सशक्त बनाउने विश्वास लिएका छौं।”

कम्पनीले आगामी दिनहरूमा आफ्ना उत्पादनहरूको गुणस्तर कायम राख्दै उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।