दुर्गा प्रसाईं थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

168 Shares

काठमाडौं । सर्वोच्च अदालत नेपालले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।