गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी, निर्वाचन सुरक्षा विषयमा छलफल

172 Shares

काठमाडौँ । गृह मन्त्रालय नेपालमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ। बैठक मुख्यतः आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्थामा केन्द्रित छ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरू उपस्थित छन्। बैठकमा देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचनसँग सम्बन्धित सम्भावित सुरक्षा चुनौती र आवश्यक निर्णयका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार छलफलपछि आवश्यक विषयमा उपयुक्त निर्णय गरी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइनेछ।